काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको लागि २५ अर्बको ट्रेजरी बिल्स खरिद गर्ने भएको छ।
राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो।
ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जानकारी दिएको छ। बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।