काठमाडौं– नेपाल समावजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक र पूर्व सैनिकसँग नागरिकता विधेयकबारे छलफल गरेको भन्दै आपत्ति जनाएका छन्। उनले राष्ट्रपति भण्डारीलाई स्वविवेकी अधिकार नभएको भन्दै कडा रुपमा आलोचना गरेका छन्।
डा. भट्टराईले ट्वीटमार्फत भनेका छन्, 'नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक, पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर सॅाचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा 'राष्ट्रवादी' उत्तेजना फैलाएर अमूक दल र नेतालाई सघाउन खोजेको भए झन् भएन ।'
राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी थिइन्। भेटका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसद्बाट फेरि आयो भने त्यसलाई सम्बोधन गर्न कानुनी विकल्पहरू खोज्ने बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।