काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बिहीबार चाँदीको मूल्य पनि सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ०५ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो।
बिहीबार तोलामा १० रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।