तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियारलाई चितुवाले आज साँझ आक्रमण गरेको थियो । बालक गम्भीर घाइते भएका छन् ।
घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।