फाइल तस्बिर
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीको वैधानिकतामाथि प्रश्न उठाउदै उच्च अदालत पाटनमा परेको रिट निवेदनलाई आज उच्च अदालतले खारेज गरेको छ।
उच्च अदालत पाटनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, उपाध्यक्ष लाक्पा तामाङ, सहमहामन्त्री आराम तामाङ र निर्वाचन आयोगविरुद्ध प्रदीप विक्रम राणाले राप्रपा नेपालको नेतृत्व दाबी गर्दै दायर गरेको मुद्दामा न्यायाधीशद्वय दीपेन्द्रबहादुर बम र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले आज सुनुवाई गर्दै उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो।
राप्रपा नेपाल र कमल थापाको पक्षबाट बहस गर्ने अधिवक्ताद्वय नरप्रसाद थापा र भुपेन्द्र पोखरेलले रिट खारेज भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।