काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफलपछि समिति सभापति पूर्णाकुमारी सुवेदीले यस्तो निर्देशन दिएकी हुन्।
उनले दुवै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिइन्।
समितिले अन्तरमन्त्रालय अन्तर्गत अर्थ, वन, ऊर्जा मन्त्रालयसमेतलाई दुवै आयोजनाका समस्याका विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ।
सभापति सुवेदीले सबै मन्त्रालयहरुले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।