काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। पछिल्लो साता लगातारजसो घट्दै आइरहेको सुनको मूल्य बुधबार भने तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ प्रतितोला कायम भएको छ।
यसअघि मंगलबार भने तोलामा ३०० रुपैयाँ नै घटेर छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।