काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, काठमाडौंद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता–२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेखेकी छिन्। अरुनिता कान्जिलाल पनि धेरै मिहिनेत गरेरै चर्चित गायिका भइन्। लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मिहिनेत गरेरै अमेरिकाको राष्ट्रपति भए। राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे। मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले’, मन्त्री चौधरीले भने।
बालबालिका असल संस्कारसहित अघि बढ्न जरुरी रहेको उनको भनाइ छ। मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने विचार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।