• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री हटाउने निर्णयबाट किन पछि हटे उपेन्द्र यादव?, प्रवक्ता भन्छन्–अध्यक्षले हिजै पनि राजीनामाको सुझाव दिनुभएको हो 

64x64
नेपाल लाइभ मंगलबार, भदौ ७, २०७९  १६:४६
1140x725

काठमाडौं– सोमबार एकाएक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवद्वारा मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएको कुरा सार्वजनिक भयो। 

जसपा अध्यक्ष यादवले पार्टीको बैठकपछि मंसिर ४ को निर्वाचनको मुखमा यस्तो निर्देशन दिएका थिए। तर, मंगलबार नै उक्त कुरा आफूले नभनेको दाबी अध्यक्ष यादवले गरेका छन्। 

उनले निर्वाचनको मुखमा मुख्यमन्त्री फेर्न नहुने भन्दै उल्टै बचाउ गरे। ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान र मुख्यमन्त्री अन्तर्गतका अन्य योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हालेर भ्रष्टाचारको मुद्दा दायर गर्न थालेपछि यादवले उनलाई हटाएर आफू अनुकुल व्यक्तिलाई मुख्यमन्त्री बनाउन चाहेका थिए।

मुख्यमन्त्री अन्तर्गत रहेको बेटी पढाऊ, बेटी बचाऊ अभियानमा साइकल खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि राउत विवादमा तानिएका थिए। 

उनीविरुद्ध मुद्दा दायर नभए पनि सचिवहरुविरुद्ध मुद्दा दायर भएकाले मुख्यमन्त्रीको पनि संलग्नताको प्रश्न उठिरहेको थियो। मुख्यमन्त्रीको महत्वाकांक्षी योजनाको रुपमा अघि सारेको उक्त कार्यक्रममा अख्तियारले भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेपछि राउतको विषयमा पार्टीभित्र अर्को समूहले यादवलाई दबाब बढाएका थिए। 

निर्वाचन आउन लागेकाले मुख्यमन्त्रीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेमा पार्टीकै बदनाम हुने भएकाले त्यसअघि नै उनलाई पदबाट हट्न निर्देशन दिनुपर्ने दबाब पार्टीभित्र सिर्जना भएपछि यादवले राउतलाई निर्देशन पनि दिएका थिए।

तर, एकदिनपछि नै यादव ‘यूटर्न’ भएका छन्। मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन। मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन।’ 

उनले यसरी बोली परिर्वतन किन गरे त भनि अहिले चर्चा भइरहेको छ। यादवले बोली परिर्वतन गरेको कुरा जसपाका प्रवक्ता मनिष सुमनले स्वीकार गरे। काठमाडौंमा भएको राजनीतिक समितिको बैठकमा पनि मुख्यमन्त्रीका विषयमा प्रश्न उठेको र जनकपुरमा भएको बैठकमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रवक्ता भन्छन्– हिजै पनि अध्यक्षले राजीनामा गर्न निर्देशन दिनुभएको हो
‘केही दिनअघि अध्यक्षले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिनु भएको हो’, प्रवक्ता सुमनले भने, ‘अब कहिले दिने त मुख्यमन्त्रीको कुरा हो। पार्टी अध्यक्षले निर्देशन भने दिनु भएको हो।’
 
हिजै पनि पार्टी अध्यक्षले दोहोर्‍याएर राजीनामा दिनका लागि निर्देशन दिएको सुमनले दाबी गरे। उनले मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार बन्ने र को मुख्यमन्त्री भन्ने विषयमा भने केही छलफल नभएको बताए।
 
अहिले नै किन राजीनामा गराउनु परेको भनि सोधेको प्रश्नमा उनले  मुख्यमन्त्रीका कारण प्रदेश सरकारप्रति वेथिति, अलोकप्रियताको ट्याग लागेको देखिएको र जनताप्रति पार्टीको जिम्मेवारी बोध गरेर काम गर्न नसकेकाले हटाउनुपरेको बताए। 

उनले पार्टीले मुख्यमन्त्री कसलाई बनाउने विषयमा अलग्गै छलफल गर्ने बताए।
  
उपेन्द्र यादव किन पछि हटे त?
यादव मुख्यमन्त्री परिर्वतन गर्ने कुराबाट पछि हट्नुको तीन कारण देखिएको उनी निकट नेताहरु बताउँछन्। पहिलो कारण मधेशमा रहेको मुस्लिम मत। यादवले मुस्लिम समुदायबाट मुख्यमन्त्री भएका राउतलाई हटाउँदा मुस्लिम समुदायहरुले जसपाको विपक्षमा उभिने चेतावनी दिएपछि यादव पछि हटेको देखिन्छ।

सोमबार साँझ अध्यक्ष यादवलाई भेटेर मुस्लिम समुदायका प्रभावशाली व्यक्तिहरुले मुख्यमन्त्रीलाई हटाउँदा राम्रो सन्देश नजाने र मुस्लिम समुदायले अपमानको महशुस गर्दै मंसिर ४ मा हुने निर्वाचनमा विपक्षमा उभिनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए। यो विषय झन् विवादित हुने देखेपछि यादवले आफ्नो निर्णय पूनर्विचार गर्ने पक्षमा पुगेका हुन्। 

मधेशका अधिकांश जिल्ला मुस्लिमहरु समुदायको पकेट क्षेत्र हो, जसको मतले धेरै नै असर पर्ने बुझाई यादवमा रहेको छ। जसपा विभाजन भएर लोसपासमेत निर्माण भएर कमजोर भएको अवस्थामा थप समुदायको मत भड्काउन नहुने सोचका साथ यादव फिर्ता भएको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यादव ब्याक हुनुको दोस्रो कारण मंसिर ४ मा आउँदै गरेको निर्वाचनमा पार्टीभित्र झन् मतभेद आउन सक्ने आकलन। अहिले मुख्यमन्त्रीलाई हटाउँदा भर्खरैमात्र बाबुराम भट्टराई पक्ष बाहिरिएको र महन्थ ठाकुरहरुले लोसपा गठन गरेकाले मतभेद बढाउँदा झन् कमजोर हुने हो कि भन्ने डरका कारण अबको तीन महिना कुनै कारबाही नगर्नु नै उपयुक्त हुने सुझाव यादव निकटहरुले दिएका छन्।

यादव यो तर्कमा सहमत भएकाले बोली फेरेको हुनसक्ने उनी निकट नेताले बताए। तेस्रो कारण भनेको अहिले मुख्यमन्त्री हटाएर एकल सरकार बनाउन सक्ने सम्भावना न्यून देखिनु। भइरहेको सरकारमा कूल १०१ जना सांसद छन्। जसमध्ये तत्कालीन राजपाका एक जना सभामुख छन्।

हाल जसपा ३८, लोसपा १५, नेपाली कांग्रेस १८, एकीकृत समाजवादी १३, माओवादी र एमाले ८/८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद रहेका छन्। १०५ सांसदमध्ये माओवादीको तीन जनाको खारेज भएको थियो भने एक जनाको मृत्यु भएको थियो। 

सरकार बनाउनका लागि जसपा एक्लैको प्रयासले सम्भव देखिँदैन। त्यसका लागि सत्ता गठवन्धनसँग सहयोग लिनुपर्नेछ वा लोसपासँग मिल्नुपर्ने छ। यसले फेरि भागबन्डाको संरचना फेर्नुपर्ने भएकाले निर्वाचनमा केन्द्रित हुने समयमा त्यतातिर लाग्दा झन् कमजोर हुने आकलन अध्यक्ष उपेन्द्र यादवले गरेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
सम्बन्धित सामग्री
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले... बुधबार, मंसिर ९, २०८३
शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेश... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीको रिटमा बहस सकियो, अब सर्वोच्चको आदेश के आउला ? कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नेपाल लाइ... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना बिहीबार, मंसिर १०, २०८३
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम बिहीबार, मंसिर १०, २०८३
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते बिहीबार, मंसिर १०, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बिहीबार, मंसिर १०, २०८३
आज मौसम मुख्यतया सफा रहने बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्