काठमाडौं– मन्त्रिपरिषद्को बैठकले ५८४ जनालाई अस्थायी दरबन्दीमा राख्ने गरी राजपंत्राकिंत श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ जना राजपत्राकिंत पदहरुको अस्थायी दरबन्दी र शहरी विकास मन्त्रालयले ३८० जना गरी कूल ५८४ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
त्यसैगरी मन्त्रिपरिषदको बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक पुनर्वालोकन गर्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा उच्च स्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।
यस्तै मन्त्रिपरिषदको बैठकले राजपत्राकिंत प्रथम श्रेणीका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपंत्राकित विशिष्ठ क्षेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापना गर्ने लगायतका १६ वटा निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।