• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘ऐना झ्यालको पुतली’ : पारिवारिक कथाभित्र बाल्यकालको ‘नोस्टाल्जिया’

64x64
नेपाल लाइभ मंगलबार, भदौ ७, २०७९  १७:०१
1140x725

काठमाडौं– निर्देशक सुजित बिडारीले भर्खर औपचारिक फिल्म अध्ययन सकेका थिए। त्यो बेला उनमा फिल्म बनाउनुपर्छ भन्ने हुटहुटी थियो। तर, सँगै द्विविधा पनि– के विषयमा फिल्म बनाउने? के विषयमा फिल्म बनाउने भन्ने सोच्दा–सोच्दै आधा दशकभन्दा लामो समय बित्यो।

लामो समयसम्म द्विविधा र हुटहुटी भइरह्यो। कालान्तरमा त्यसको परिणामका रुपमा उनले आफ्नै बाल्यकालको कथा छाने पर्दामा देखाउन। त्यसको परिणाम बन्यो, ‘ऐना झ्यालको पुतली’।

‘कस्तो फिल्म बनाउने भन्ने सोच्दा–सोच्दै ६/७ वर्ष बित्यो,’ बिडारीले भन्छन्, ‘त्यही क्रममा भूकम्प आयो। जीवन मोनोटोनस चलिरहेको थियो। केही लेखौं भनेर लेख्न थाल्दा किन आफ्नै बाल्यकालको सम्झनाको बारेमा नलेख्ने? किन आफ्नै दिदीहरुको, आमाहरुको कथा नभन्ने? भन्ने सोचाई आयो।’

No description available.

त्यही सोचलाई बृहत रुप दिँदै उनले एउटा कथा लेखे। साथीभाई माझमा त्यो कथा देखाए। कथा पढ्नेहरुले दिएको प्रतिक्रियामा एउटा समानता थियो। सुजितले लेखेको कथा सुजितकै मात्र नभएर अरुले आफ्नो ठान्न सक्थे।

‘यो भावना त युनिभर्सल इमोसन हो, यसमा काम गर्न सकिन्छ भन्ने सुझाव आयो,’ सुजित प्रि–प्रोडक्सनको समय सम्झिन्छन्। साथीभाईबाट आएको त्यस्तो सुझावले उनलाई थप आत्मविश्वास थियो। कथा पटकथामा रुपान्तरण हुन थाल्यो, स्क्रिनप्लेको रुपमा डालियो।

प्रि–प्रोडक्सनमा लेखनको काम सकिएपछि फिल्म खिच्न लोकेसनको खोजी भयो। सुजित र फिल्मका अन्य निर्माण पक्षका सदस्यहरु संखुवासभा पुगे। संखुवासभामा उनीहरुले खोजेजस्तै माहोल भेटाए। कलाकारहरु पनि संखुवा सभामै भेटिए। अभिनयको क्षेत्रबाट टाढा र फिल्मलाई पर्दामा मात्रै हेरिरहेका कलाकारलाई फिल्मकै पर्दामा देखाउन जमर्को गरे सुजितले।

लेखनदेखि छायांकन हुँदै पोस्ट–प्रोडक्सनको समयसम्म भएका सबै घट्नाक्रम र चरणहरु सुजितका लागि नयाँ थिए। ‘पहिलो फिचर फिल्म भएकाले लेखन पनि नौलो थियो, कास्टिङ्ग पनि नौलो थियो,’ सुजित भन्छन्, ‘छायांकन गर्ने कुरा पनि नौलो थियो। अहिलेको अवस्थासम्म आइपुग्दा पनि यो चरणसमेत मेरो लागि नौलो नै छ।’

nimb
nimb
Ncell 2
Ncell 2

सुजित आफू अहिले पनि सिक्ने नै क्रममा रहेको बताउँछन् । 

सुजितकै शब्दमा भन्दा ‘ऐना झ्यालको पुतली’ नेपाली समाजलाई टाढाबाट नियाल्ने एउटा इमान्दार प्रयास हो। समाजभित्रको कथालाई देखाउने प्रयास भएको बताउँछन् उनी। तर, यसको भनिरहँदा त्यसलाई डकुमेन्ट्री पनि सम्झन हुँदैन। सुजित भन्छन्, ‘डकुमेन्ट्री होइन्, एउटा भावनात्मक यात्रा भएको आख्यानिक सिर्जना हो।’

सुजित आफ्नो फिल्मको कथामा फिल्मका पात्रहरुसँगै फिल्म हेर्ने दर्शकले पनि यात्रा गर्ने बताउँछन्। ‘समग्रमा यो फिल्म भनेको एउटा परिवारका आमा, छोरा, दिदीहरुसँगको भावनात्मक यात्रा नै हो,’ सुजित भन्छन्, ‘यो यात्रामा दर्शकहरु पनि सँगै यात्रा गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ।’

बिडारीको निर्देशनमा बनेको फिल्मलाई राम कृष्ण पोखरेल, आकाश पौडेल तथा प्रविन स्याङ्बोसहित निर्देशक बिडारीले संयुक्त रुपमा निर्माण गरेका हुन्। 

विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म छनोट हुँदा त्यहाँका सहरमा पनि फिल्म प्रदर्शन गरिएको सम्झन्छन् निर्माता पोखरेल। उनी भन्छन्, ‘यहाँ पनि फिल्म धेरैले हेरिनुपर्छ भन्ने लागेको छ। हामीले देखाएको कथा समान कथा हो।’

कोरोना महामारीअघि छायांकन सकिएको सुजितको फिल्म ‘ऐना झ्यालको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्महरुमा पुग्यो। थुप्रै ठाउँमा राम्रो प्रतिक्रिया पायो। अहिले फिल्म प्रदर्शनको संघारमा छ। 

बुसान फिल्म फेस्टिभलसहित एसिया प्यासिफिक स्क्रिन अवार्ड र स्वीट्जरल्याण्डको फ्रिबर्गजस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘ऐना झ्यालको पुतली’ प्रदर्शन तथा छनोट भएका केही महोत्सवहरु हुन्। 

नेपाली दर्शकमाझमा आफ्नै ठाउँको कथालाई प्रस्तुत गर्ने हेतुले बनेको फिल्म ‘ऐना झ्यालको पुतली’को प्रचारमा पनि निर्माण पक्ष लागेको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका केही मुख्य अभिनेतासँगै निर्माण पक्षको उपस्थिति थियो। 

छायांकनका क्रममा संखुवासभा पुगेर त्यहाँकै बालबालिकालाई लिएर छायांकन गरिएको थियो फिल्म। संखुवासभामा छायांकन भइरहेको फिल्ममा ‘काठमाडौं जानुपर्छ’ भन्ने कलाकारदेखि कास्टिङ गरिरहँदा संयोगवश भूमिका पाएका कलाकारहरु पनि अहिले काठमाडौं आइपुगेका छन्।

फिल्ममा काम गरेका कलाकारहरुमध्येमा सिरु विष्ट मात्रै परिचित कलाकार हुन्। अरु सबैका लागि सिनेमा, क्यामेरा, फिल्म बनेको नौलो विषय हो। आफूले टेलिभिजनमा फिल्म हेरिरहेको भए पनि फिल्म बन्ने प्रक्रियादेखि फिल्म छायांकनका किस्साहरु भने अन्य कलाकारका लागि फरक अनुभव थियो।

‘छायांकनको क्रममा दुई महिना जति संखुवासभामा बस्यौं’, अभिनेत्री सिरु विष्ट भन्छिन्, ‘त्यो क्रममा कहिले झगडा भयो, कहिले के भयो। तर, फिल्म बनिरहँदाको अनुभव निकै फरक थियो।’

फिल्म छायांकनका क्रममा संखुवासभा पुगेकी अभिनेत्री विष्टले त्यहाँ गाई दुहुनेदेखि गुन्द्री बुन्नेसम्मका क्रियाकलापहरु गरिन्। काठमाडौंमा नगरिने र नगरिएको कामहरुसँग उनले साक्षात्कार हुने मौका पाएकी थिइन्। 

No description available.

सिरु भन्छिन्, ‘एउटा नेपाली चेलीले गाउँमा कति काम गर्नुपर्ने रहेछ, कति संघर्ष गर्नुपर्ने रहेछ, छोराछोरीका लागि भन्ने कुरा देखेँ। मैले त्यो कुराको प्रयास गर्दा त मलाई गाह्रो भयो। त्यो साँच्चै गर्दा कति गाह्रो हुन्छ भन्ने कुरा मैले देखेर आएँ संखुवासभामा।’

सिरुबाहेक फिल्मका सबै कलाकार अभिनय क्षेत्रभन्दा बाहिरका ‘नन–एक्टर’ हुन्। फिल्म संखुवासभामा छायांकन हुनुअघि त्यहाँकै ‘लोकल’ लिने निधोसहित कास्टिङका लागि अडिसन भएको थियो। अडिसन राखिएको स्कुलमा सबैभन्दा अन्तिममा पुग्ने कञ्चन चिमरिया अहिले फिल्मकी प्रमुख पात्रहरुमध्येकी हुन्। फिल्ममा उनले लक्ष्मीको भूमिका निभाएकी छिन्, जो दिदीको रुपमा प्रस्तुत हुन्छिन्।

कक्षा ९ मा अध्ययन गरिरहँदा उनले यो फिल्ममा अभिनय गर्ने मौका पाएकी थिइन्। ‘हाम्रो स्कुलमा सरहरु कास्टिङका लागि आउनु भएको थियो,’ कञ्चन अडिसनको समय सम्झिन्छिन्, ‘अडिसनमा आउनु भन्नु भएको थियो। म अडिसन सकिएपछि अन्तिममा पुगेको थिएँ। त्यहिँबाट म फिल्ममा काम गर्न पाएँ।’

कञ्चनलाई फिल्म कसरी बन्छ? कसरी काम हुन्छ भन्ने थाहा थिएन। ‘ऐना झ्यालको पुतली’मा काम गर्ने मौका पाएपछि उनले यी चरणहरुसँग पनि साक्षात्कार गर्ने मौका पाइन्। फिल्मको प्राविधिक पक्ष त थियो नै, सँगै गाउँ–ठाउँमा हुने घरायसी कामसँग पनि उनले घुलमिल हुन पाइन्। उनी भन्छिन्, ‘धेरै नयाँ कुराहरु जस्तै घाँस काट्नुपर्ने, पराल बोक्नेजस्ता कुराहरु आउँदैन थियो। त्यो पनि सिक्ने मौका पाएँ।’

कञ्चनजस्तै फिल्ममा दिनेश खत्री, उमेश श्रेष्ठ, क्षितिज लिम्बुलगायतका स्थानीय बालबालिकाले अभिनय गरेका छन्। रंगकर्मी तथा निर्देशक केदार श्रेष्ठ तथा आकाश मगरले गरेको कास्टिङ्बाट आएका उनीहरुको अभिनय त फिल्म सार्वजनिक भएपछि नै हेर्न पाइन्छ। तर, मंगलबार आयोजित कार्यक्रममा हिजो पर्दामा सिनेमा हेर्ने यी कलाकारहरुले आज आफू नै पर्दाको एउटा पात्र भएको महसुस गरिरहँदा भने प्रफुल्लित भएको महसुस गराएका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्