काठमाडौं– प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित भएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए।
विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई प्रतिनिधि सभाको बैठकबाट निर्णयार्थ प्रस्तुत गरिएको थियो।
वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन २०७९ सांसद सुवालको विरोध सूचना बहुमतले अस्वीकृत गरिएको सभामुख सापकोटाले घोषणा गरे।
सांसद सुवालको विरोध सूचना अस्वीकृत भएसँगै कानुनमन्त्री कोइरालाले वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन २०७९ अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
कानुनमन्त्रीले अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरिसकेपश्चात सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक भदौ १३ गते सोमबारका बिहान ११ बजे बस्ने गरि स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।