काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। पछिल्लो समय लगातारजसो आरोलो लागिरहेको सुनको मूल्य मंगलबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार तोलामा २०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।