धनगढी- सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले हुन्न भन्ने आवाज नसुनिएकोले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। प्रदेशका आर्थिक मामिला मन्त्री अम्मरबहादुर साउँदले सभामा पारितका लागि प्रस्ताव पेश गरेका थिए।
विधेयकमाथि नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा विधेयकमाथिको सामान्य छलफलमा बोल्दै प्रदेशको नीति, कार्यक्रम तथा प्राथमिकता ल्याउँदा प्रदेश सभामा पेश गर्ने समयावधि थप गर्नु उपयूक्त रहेको बताए। उनले प्रदेशको समग्र आर्थिक गतिविधि, प्रदेशको सम्पतिको उपयोग, सदुपयोग गर्ने र प्रदेशको आर्थिक गतिविधिलाई निर्देष्ट गर्न विधेयकले मद्दत पुग्ने बताए।
मालामति रानाले सिद्धान्त र प्राथमिकतामा विज्ञहरुसंग सुझाव लिने कुरा आवश्यकता अनुसार थप गर्नुपर्ने बताईन। यसअघि प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि सामान्य छलफल भएको थियो।
प्रदेश सभाको बैठक बुधबार दिनको ३ बजेसम्मका लागि स्थगित भएको छ।
01
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।