• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुर्खेत १ :  मतले ढुक्क खड्कालाई अन्तर्घातको डर 

64x64
नेपाल लाइभ बुधबार, भदौ ८, २०७९  २१:३२
1140x725

काठमाडौं- नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गत स्थानीय तहको निर्वाचनमा चुनावी कमान्ड सम्हाले। केन्द्रीय चुनाव परिचालन समितिका संयोजक खड्काको कमान्ड सफल रह्यो। कांग्रेस पहिलो पार्टी बन्यो। तर, उनकै गृहजिल्ला सुर्खेतको समाचार भने सुखद् रहेन। २०७४ सालमै ६ वटा पालिका जितेको कांग्रेस यसपल्ट दुई गुमाएर एमालेसँग ४ बराबर गर्न पुग्यो। 

गठबन्धन गर्दा समेत परिणाम खस्किएको स्थानीय तह निर्वाचनको सन्दर्भले खड्कालाई प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ मा सजिलो नभएको प्रष्ट्याउँछ। पार्टी राजनीतिमा सभापति शेरबहादुर देउवा गुटको उत्तराधिकारी उन्मुख खड्कालाई चुनाव जित्नैपर्ने दबाब छ। यसपल्ट प्रतिनिधि सभामा आउन सकेनन् भने देउवापछि उक्त गुटबाट कांग्रेसकै 'कमान्ड' गर्ने उनको यात्रा जोखिमपूर्ण बन्न सक्छ। 

२०७५ सालको निर्वाचनमा पार्टी महामन्त्री रहेका उनी एमालेका ध्रुबकुमार शाहीसँग पराजित भए। शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएका थिए भने खड्काले ३३ हजार ३ सय ७७ मत  मात्रै पाए। यसपल्ट पनि शाही नै उनको प्रतिस्पर्धी बन्ने सम्भावना प्रबल छ। शाहीका अलवा एमालेबाट टिकटका अर्का बलिया दाबेदार हुन् डण्डिप्रसाद शर्मा। डण्डि अघिल्लोपटक पनि टिकटका दाबेदार थिए। उनको नाम समेत सिफारिस भएको थियो। तर, जिल्ला पार्टी अध्यक्ष समेत रहेका शाहीले टिकट पाए र वाम गठबन्धनका तर्फबाट निर्वाचित भए। 

यसपल्ट डण्डि किन पनि टिकटका बलिया दाबेदार हुन् भने उनी लामो समय एमालेको शिक्षक संगठनको नेतृत्वमा थिए। उनका दाइ ऋषि शर्मा (दिवंगत) को सुर्खेतमा एमाले निर्माणमा ठूलो योगदान छ। पारिवारिक विरासत तथा आफ्नो सांगठनिक अनुभवलाई देखाउँदै डण्डिले टिकटमा दाबी गरिरहेका छन्।

उनका दाइ ऋषि जनतामा निकै लोकप्रिय थिए। उनी २०६४ को संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार थिए। उनका प्रतिस्पर्धी कांग्रेसका लालबहादुर घले थिए। तर, शर्मालाई २०६४ चैत २६ गते भेरीगंगा नगरपालिकाको लोदेमा गाडीभित्रै गोली हानेर हत्या गरिएको थियो। त्यसपछि चैत २८ मा तोकिएको निर्वाचन सुर्खेत–१ मा हुन सकेन। पछि वैशाखमा भएको निर्वाचनमा ऋषिपत्नि कमला निर्वाचित भइन्। 

त्यतिबेला खड्का समानुपातिकतर्फबाट सांसद छानिए। २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा भने खड्का सजिलै निर्वाचित भएका थिए। स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम केलाउँदा खड्का डराउनुपर्ने देखिँदैन।

वडाअध्यक्षहरुले ल्याएको मत केलाउँदा कांग्रेससँग ३६ हजार ९ सय २८ मत छ। त्यसैमाथि सत्ता गठबन्धन भएकाले माओवादीले ल्याएको ५ हजार ७७ मतसमेत जोड्दा एमालेसँग ८ हजार भन्दा बढीको मतान्तर हुन्छ। एमालेबाटै छुटेको एकीकृत समाजवादीको ६ सय ७९ मत पनि खड्काकै खातामा जोडिने हो। स्थानीय तहको निर्वाचनमा एमालेले ३४ हजार ८ सय ४३ मत मात्रै पाएको छ। एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सघाउँदा मतान्तर २ हजार ५ सय ७० ले घटाउँछ।

यही अंकगणितबाट मात्रै खड्का ढुक्क हुनसक्ने अवस्था भने छैन। किनभने स्थानीय तहको निर्वाचनमा खड्काको गृहनगर सुर्खेत वीरेन्द्र नगरपालिकामा माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले हार बेहोर्नुपर्‍यो। नगरमा प्रमुख र उपप्रमुख मात्रै होइन, १६ मध्ये ११ वडा एमालेले जित्यो।

Ncell 2
Ncell 2
nimb
nimb

गृहजिल्ला सुर्खेतकै नतिजा पनि खड्काका लागि निराशाजनक रह्यो। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेसले यसपल्ट दुईटा गुमायो। गुमेका दुईटै भेरीगंगा र चिंगाड गाउँपालिका उपसभापति खड्काकै निर्वाचन क्षेत्रभित्र पर्छन्।

संघीय निर्वाचनका लागि कांग्रेसको ‘भोट  रुपमा चिनिने यी पालिकामा पराजय भोग्नुले खड्कालाई झस्काएको छ। खड्काको निर्वाचन क्षेत्रमा सिम्ता र  चिंगाड गाउँपालिका, भेरिगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका सबै वडा पर्दछन्।

वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा पर्दछन्। यी ५ पालिकामध्ये ३ मा एमालेले जितेको छ। कांग्रेसले जितेका दुई पालिकामध्ये लेकबेसीमा त कडा प्रतिस्पर्धा अर्थात् ३ सय भोटले मात्रै कांग्रेसले जितेको छ। वीरेन्द्रनगर नगरपालिकाको दुईटा वडामध्ये एउटामा एमालेले नै जितेको छ। 

अन्तर्घातको डर 
कांग्रेसबाट कर्णालीमा प्रभाव जमाउने दुईजना नेता छन्। संस्थापनबाट खड्काका साथै संस्थापनइतरबाट हृदयराम थानी। उनीहरू दुवै सुर्खेतका हुन्। फरक निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने उनीहरुको आन्तरिक प्रतिस्पर्धा भने चर्को छ। 

स्थानीय तहको निर्वाचनमा हार बेहोर्नुको एउटा कारण दुई नेताबीचको सम्बन्ध 'सुमधुर' नहुनु पनि एक रहेको बताइन्छ। स्थानीय तहको उम्मेदवारीमा ४० प्रतिशत भाग थानी समूहले मागेको थियो। तर, उक्त समूहको माग सम्बोधन हुन सकेन। थानी समूह असन्तुष्ट रह्यो। त्यही असन्तुष्टि मतपेटिकामा झरेको कांग्रेसको खड्का समूहले आरोप लगाएको थियो। 

खड्का र थानीको आन्तरिक प्रतिस्पर्धा बहुदलपछि नै सुरु भयो। खड्काले राजनीतिमा फड्को मार्दै  गए। साथै, थानीलाई पछि पार्न पनि भूमिका खेलेको थानी पक्षको सदाबहार आरोप छ। त्यसको सुरुवात २०४९ को स्थानीय निर्वाचनबाट भएको थियो भने कांग्रेसको १४औं महाधिवेशनसम्म कायम रह्यो। खड्का उपसभापति बन्दै गर्दा थानी भने केन्द्रीय समिति सदस्य समेत बन्न सकेनन्। खड्का पक्षको पेलाइका कारण केन्द्रीय सदस्यमा एक भोटले हार्नुपरेको गुनासो थानीको रहँदै आएको छ।

२०४९ सालमा जिल्ला विकास समितिको सभापति बन्ने थानीको चाहनाका बाधक पनि खड्का नै रहेको उक्त पक्षको आरोप छ। थानीले २०४९ सालमा जिल्ला विकास समितिको सभापति बन्नका लागि वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षको चुनाव लडे। जित पनि हासिल गरे। तर, अन्तर्घातको आरोप लाग्यो र जिविस सभापति बन्नबाट रोकिए। खड्कानिकटकै गोविन्दबहादुर मल्ल सभापति भए। 

२०५१ सालको मध्यावधि निर्वाचनले उनीहरुको फाटेको मनमा झन् ठूला धाँजा ल्यायो। तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र नम्बर १ मा  खड्का,  २ मा थानी र ३ मा शिवराज जोशीले टिकट पाए। तर, थानीको क्षेत्रमा टेकदत्त रेग्मी कांग्रेसबाट विद्रोही उम्मेदवार बने। खड्का निकटकाले उनलाई समर्थन गरेको हल्ला चल्यो र थानीलाई पराजय गरेर एमालेका यमलाल कँडेल विजयी भए। 

स्थानीय तहको निर्वाचनसम्म नमेटिएको खड्का-थानी तुष आगामी निर्वाचनबाट मेटिएला? मेटिएमा खड्कालाई समस्या छैन। तर, मेटिएन भने चाहिँ जितका लागि खड्काले थप मेहनत गर्नुपर्ने हुनसक्छ। 

 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  २१:३२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्