काठमाडौं– पछिल्लो समय कुनै पनि फर्म्याटमा चल्न नसकेका नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले बहुदिवसीय क्रिकेट जय ट्रफीमा तेस्रो दिनमा भने धैर्यतापूर्वक ब्याटिङ गरेका छन्।
वीरगन्जमा जारी मधेश प्रदेशविरुद्धको खेलमा उनले अर्धशतक प्रहार गरेका हुन्। हार्ड हिटरका रुपमा परिचित भुर्तेल एक दिवसीयमा पछिल्लो लामो समययता चल्न सकेका थिएनन्।
नेपाल पुलिसका ओपनर भुर्तेलले ६३ रन बनाए। ६८ बलको सामना गरेका उनले १० चौका हिर्काए। पुलिसलाई आक्रामक सुरुवाती दिने क्रममा भुर्तेल र दिलिप नाथले ९६ रनको साझेदारीसमेत गरेका थिए।
भुर्तेल २० औं ओभरको चौथो बलमा आउट भए। केही साताअघि मात्र सकिएको एनपीएलमासमेत भुर्तेल चल्न सकेका थिएनन्। लामोसमयदेखि डकआउटको शिकार हुँदै गएका भुर्तेलको धैर्यतापूर्वक ब्याटिङ लाइन आज धेरैसमयपछि देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।