काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको सरकारले अलोकतान्त्रिक, जनविरोधी क्रियाकलाप सरकारबाट लगातार भइरहेको आरोप लगाएका छन्।
सोमबार सिन्धुपाल्चोकका माओवादी नेताहरुलाई पार्टी प्रवेश गराउँदै ओलीले पूर्वन्यायाधीश बलराम केसीमाथि पनि कडा टिप्पणी गरेका छन्।
'एक जना बलराम भन्ने पूर्वन्यायाधीशले एउटा लेख लेखेका छन्। नागरिकता विधेयकका नाममा राजनीति भनेर। यो कांग्रेस भनेको जात चाहिँ न्यायाधीश भएर, पूर्वन्यायाधीश भइसक्दा पनि केही गर्यो भने त्यो बुद्धि ठेगानमा आउँदो रहेनछ कि क्या हो?', ओलीले आक्रोश व्यक्त गरे, 'संविधान बुझेकै रहेनछ। कसरी बीएल पास गरेको होला। कसरी न्यायाधीशमा छानिए? कसरी नियुक्त भए? के न्याय दिए होलान् मान्छेलाई?'
राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै ओलीले राष्ट्रपतिले विचार गर भनेर संसद्मा पठाएपछि संसद्मा विचार गर्न पर्छ कि संसद् भन्दा बाहिर? भन्दै प्रश्न गरे।
टाकुरेहरु जम्मा भएर प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पठाएको ओलीको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।