फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, उनकै शब्दमा, नेपाली कांग्रेस नसप्रिएकोमा अचम्म लागेकाे भन्दै टिप्पणी गरेका छन्। पार्टी प्रवेश कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नेपाली कांग्रेस उहिलेदेखि अहिलेसम्म नसप्रिएकोमा अचम्म लाग्छ। लोकतन्त्र भनेको फरक विचार मान्नु, सुन्न सक्नु र फरक पार्टीको अस्तित्व स्वीकार्न सक्नु हो। तानाशाहीले फरक विचार सुन्न सक्दैन। सहन सक्दैन। सहअस्तित्व मान्दैन। एकलौटी भन्छ। अहिलेको गठबन्धन ठ्याक्कै त्यही भन्छ।’
आफूले प्रतिष्पर्धात्मक व्यवस्था छानेको उनले बताए। प्रतिष्पर्धाका लागि अर्को पार्टी चाहिने बताउँदै उनले अहिलेको गठबन्धनले अर्को दलकाे कुरा सुन्न र सहन नसक्ने बताए।
’राजनीतिलाई दुश्मनी बनाएको छ। गठबन्धन असहिष्णु र असहनशील छ। एमालेले कहीँपनि बुथ कब्जा गर्न नपर्ने, छिमेकीलाई केही नगर्ने । तर उनीहरुले पहिले मत पत्र चपाउने, बत्ति बन्द गर्ने गर्थे। यसपल्ट मान्छे नै मारे। अस्तिको चुनावमा कति मान्छे मरे?’ ओलीले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।