काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। आइतबार भने पुरानै दरमा कारोबार भएको सुनको मूल्य सोमबार भने तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन आइतबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० र तेजाबी सुन प्रतितोला ९५०० हजार रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार तोलामा १५ रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।