काठमाडौं– नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन् । भेलाले सर्वसम्वत रुपमा उनलाई अध्यक्षमा चयन गरेको हो।
त्यस्तै भेलाले महासचिवमा गणेश शाही निर्वाचित भएका छन्। पदाधिकारी पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ। पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।