काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाल बजारमा पहेँलो धातु (सुन)को कोरोबार अघिल्लो दिन (भदौ ३ गते, शुक्रबार) कै दररेटअनुसार भइरहेको छ। आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार रुपैयाँ प्रतितोला कायम भएको छ।
यसअघि शुक्रबार पनि छापावाल सुन प्रतितोला ९५ हजार ५०० र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।