काठमाडौं– आज आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै आइतबार ११ बजे बस्ने बैठक स्थगित भएको जनाएका छन्। बैठक विशेष कारणवश बस्न नसकेको जनाइएको छ।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।