• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदीप गिरि: असाधारण बौद्धिक नेताको अवसान, कांग्रेसले गुमायो सच्चा पथ प्रदर्शक

64x64
नेपाल लाइभ आइतबार, भदौ ५, २०७९  ०६:२६
1140x725

काठमाडौं– नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरिले संसारबाट बिदा लिएका छन्। शनिबार राती ललितपुरस्थित मेडिसिटी अस्पतालमा  ७५ वर्षीय गिरीको निधन भयो।  पछिल्लो समय क्यान्सरबाट पीडित उनी लामो समय भारतमा उपचार गरेर नेपाल फर्केका थिए। नेपाल फर्केलगत्तै उनी फेरि अस्पताल भर्ना भए। प्रतिनिधि सभाका सांसद रहेका गिरिले फेरि प्रतिनिधिसभा फर्कने अनि आफ्नो बौद्धिकता र समाजवादको ब्याख्या गर्ने पाटो अधुरै छोडेका छन्।

गिरिको अवसानसँगै नेपाली कांग्रेसले एक बौद्धिक नेता र पार्टीभित्र फरक विचार राख्न हिम्मत गर्ने व्यक्ति गुमाएको छ। विपि कोइरालाको सिद्धान्तमा सधैं अडिग र ब्याख्याता रहेका गिरि गिरिजाप्रसाद कोइरालासँग लामो समय काम गरेपनि सधै उनीसँग विरोधमा पनि रहे। 

१८ वर्षपछि प्रत्यक्षमा उम्मेदवार हुदै संसद प्रवेश 
२०७४ सालको निर्वाचनमा गिरिले प्रत्यक्ष निर्वाचन लड्ने चासो देखाए। पार्टीले उनी जत्तिको नेतालाई टिकट नदिने कुरै थिएन। देशमा दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए। गिरि सिराहाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदबारको रुपमा खडा भए। उनका प्रतिस्पर्धी एमालेका गंगाप्रसाद यादव र जसपाका राजलाल यादव थिए। १८ वर्षपछि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएका गिरि मधेस आन्दोलनको उद्गम थलो मानिने लाहान समेत समेटिएको क्षेत्रमा उभिएकाले उनलाई ठूलो चुनौती थियो।

उनले निर्वाचनमा जनतासँग धेरै ठूलो वाचा गरेनन्, संसद गएर आवाज उठाउँछु भने।  ०५६ सालमा एमालेका धर्मनाथ साहसँग सिराहा ५ मा पराजित भएयता गिरिले प्रत्यक्ष चुनाव लडेका थिएनन्। ०४८ सालदेखि लगातार पाँच पटक कांग्रेस नेता पद्मनारायण चौधरीले प्रतिस्पर्धा गरेको क्षेत्रमा यसपटक गिरिको प्रवेश भएकोले उनलाई दोहोरो चुनौती थियो। यो परीक्षामा उनी सफल भए। अनि संसद भवनमा प्रवेश गरे। 

गिरि २०५१ को आम निर्वाचनमा सिराहाको क्षेत्र नम्बर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए। 

गिरि अधिकांश समय काठमाडौंमा बसेपनि मधेशका मुद्दामा सधै आवाज उठाउने अनि पक्षधरता देखाउने गर्दथे। उनी सधैं भन्थे मधेशी, महिला, जनजाति, दलितका मुद्दा  कांग्रेसले उठाउन र बुझ्नुपर्छ। 

संविधानमा हस्ताक्षर गरेनन् 
२०७२ सालमा जारी भएको संविधानमा गिरिले हस्ताक्षर गरेनन्। आफ्नो दल नेपाली कांग्रेसले सर्मथन गरिरहँदा पनि उनी विपक्षमा उभिए। कतिपयले उनलाई यही आरोपमा भारतीय पक्षको सर्मथन गरेको आरोप पनि लगाए।  संविधानमा हस्ताक्षर नगरेको सन्दर्भमा उनले स्पष्टीकरण दिँदै  आफूलाई कसैले केही आरोप लगाएर केही फरक नपर्ने जवाफ दिने गरेका थिए। 

मधेशी जनताले उठाएको मागको उपेक्षा गरेर पारित गरेको संविधानमा आफूले दस्तखत नगरेको सत्य भएको उनले सार्वजनिक रुपमै भनेका थिए। आफूले बहिस्कार गरेको कुरा मधेशी जनताले बुझेकाले अरुले थप बुझ्न जरुरी नहुने उनको दाबी थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गिरिका चर्चित भाषणहरु छन्। उनले बजेट छलफलदेखि पछिल्लोपटक केपी शर्मा ओलीको शासनकालमा अध्यादेश र अभिव्यक्ति स्वतन्त्रता खोसिने गरी चालिएका कदमबारे संसदमा चर्चित भाषण गरेका थिए। 

पार्टीभित्रकै आलोचक 
एकपटक गिरिले नेपाली कांग्रेसभित्रै आलोचना गर्दै कांग्रेसभित्र गुट छैन, गिरोह छ भन्ने टिप्पणी गरेका थिए। उक्त कुरा पार्टीभित्र मात्रै नभई बाहिर पनि चर्चित बन्यो। २०७२ सालतिर उनले गरेको उक्त टिप्पणीमा पार्टीमा आलोचना भएपनि गिरिलाई कुनै पनि नेताले जवाफ फर्काउन सकेनन् किनकि गिरि नैतिकतामा कतै पनि कमजोर थिएनन्। २०७७ जेठ ४ गते संसदमा बोल्दै उनले केपी शर्मा ओली सरकारले ल्याएको नीति तथा कार्यक्रमकाे चर्को आलोचना गरे। उनले सरकारमा दिशा विहीनता र कर्तब्यविमुढता देखिएको भने।

बेलायतका प्रधानमन्त्री च्याम्बरलेनलाइ चर्चिलले भनेको 'इनफ इज इनफ, अब त सत्ता छोड्देउ' भनेको कुरा आफूले संसदमा दोहोराउन नचाहेको भन्दै टिप्पणी गरे। पछि पूर्व प्रधानमंत्री के पी शर्मा ओलीले उनलाई जवाफ पनि दिएका थिए।  

कहिल्यै मन्त्री भएनन्  तर सबैको सम्मानमा बाँचे 
गिरि कहिल्यै पनि मन्त्री भएनन्। उनले मन्त्रीको पद माग्दा पनि मागेनन् भने दलका नेताहरुले बनाउन पनि चाहेनन्। तर उनी सत्तापक्ष  र प्रतिपक्ष सबैका सम्मानका पात्र थिए। मार्क्सवादको राम्रा व्याख्याता गिरिलाई कम्युनिष्टका नेताहरुले पनि आफ्नो आर्दश मान्ने गर्दथे। गिरिले गर्ने मार्क्सवादको अघि कम्युनिष्टका मै हुँ भन्ने नेताहरु पनि झुक्ने गर्दथे। गिरिले नेपाली इतिहासमा कालमार्क्स र लेनिनलाई जिउँदै प्रस्तुत गरेको भन्दै कम्युनिष्ट नेताहरुले प्रशंसा गर्ने गर्दथे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घरमै कांग्रेस अनि समाजवादको  व्याख्याता  
कांग्रेस नेता मित्रलाल गिरिको छोरा थिए उनी। उनको घरमै काँग्रेसको वातावरण थियो। वीपी कोइरालाको संगत थियो। घर नै कांग्रेसमय भएपछि उनी आजीवन कांग्रेस भए र समाजवादको परिभाषा स्पष्ट रुपमा गर्दै रहे। उनी कुनै समय नेपाली कांग्रेसको बौद्धिक पत्रिका तरुण प्रकाशनमा संलग्न थिए। उनले लेख्ने सम्पादकीय बौद्धिक र कांग्रेसको मार्गदर्शक हुने गर्दथे। गिरि र शैलजा आचार्य नेपाली कांग्रेसभित्र बौद्धिक नेताको रूपमा चिनिन्थे।  

राजनीतिक यात्रा 
२००४ सालमा सिराहामा जन्मेका गिरि पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका थिए भने कर्मथलो मधेश बनाएका थिए। २०२४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएपछि उनी राजनीतिमा सक्रिय भए।  नेपाली कांग्रेसको केन्द्रीय समितिमा लामो समयदेखि क्रियाशील रहेका उनी  २०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए।

त्यसपछि उनी संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेपाली कांग्रेसका समानुपातिक सभासद् चयन भए। दोस्रो संविधानसभामा पनि समानुपातिकतर्फ चयन भएका थिए। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिराहा-१ बाट निर्वाचित भएका थिए।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य रहेका उनी राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेल बसेका थिए। दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता राख्ने उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका लेनिन  (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
सम्बन्धित सामग्री
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले... बुधबार, मंसिर ९, २०८३
शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेश... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीको रिटमा बहस सकियो, अब सर्वोच्चको आदेश के आउला ? कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नेपाल लाइ... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना बिहीबार, मंसिर १०, २०८३
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम बिहीबार, मंसिर १०, २०८३
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते बिहीबार, मंसिर १०, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बिहीबार, मंसिर १०, २०८३
आज मौसम मुख्यतया सफा रहने बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्