काठमाडौं– संघीय संसद्की उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ।
उपसभामुख गौतमकी आमा शारदा गौतमकी ९१ वर्षको उमेरमा शनिबार बुढानिलकण्ठस्थित निवासमा निधन भएको हो।
दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी पत्नी हुन्न्।
उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।