काठमाडौं– प्रधानमन्त्री बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले साझा धारणा बनाउने जिम्मेवारी कार्यदललाई दिएको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साझा धारणा बनाउने जिम्मेवारी कार्यदललाई दिएको जानकारी दिए।
अब छिट्टै कार्यदलको बैठक बस्ने र साझा धारणा तय गर्ने उनले बताए। यस्तै आगामी प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड बनाउने भनिएको थियो।
तर शुक्रबारको बैठकले उक्त मापदण्ड टुंग्याउन सकेन। कुन पार्टीलाई कति सिट दिने भन्ने विषय टुंगिएको छैन।
यसैबीच शुक्रबार नै गोरखा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले प्रतिनिधि सभा र त्यसपछि मात्र प्रदेश सभाको सिट बाँडफाँट टुंगिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।