काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनबीचमा पहिले प्रतिनिधि सभाको सिट बाँडफाँट हुने बताएका छन्।
नेपाल जेसिसको कार्यक्रममा गोरखा पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले प्रतिनिधि सभाको सिट बाँडफाँट भएपछि मात्र प्रदेश सभाको हुने जानकारी दिए।
दाहालले पाँचदलीय सत्ता गठबन्धनले सिट बाँडफाँटको कुरा केही समयमा टुङ्गोमा पुर्याउने दाबी गरे। उनले स्थानीय तह झै यसपटक हतार नहुने पनि दाबी गरे।
मंसिर ४ गते हुने निर्वाचनमा सबै पार्टीलाई न्यायोचित हुनेगरी सिट बाँडफाँट हुने उनको भनाइ छ। उनले डा बाबुराम भट्टराई अहिले माओवादी केन्द्रको निर्वाचन चिह्नमा लड्ने र निर्वाचनपछि मात्र पार्टी एकताका बारेमा छलफल हुने बताए।
अहिले नै बाबुराम भट्टराईसँग पार्टी एकता नहुने स्पष्ट पार्दै उनले एउटा बलियो समाजवादी केन्द्र बनाउने छलफलबारेमा छलफल अघि बढेको उल्लेख गरे। उनले अहिले को कहाँबाट लड्ने भन्नेबारे केही कुराकानी नभएको भन्दै अहिले मिलेर निर्वाचनमा जाने मात्र कुरा भएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।