काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय शुक्रबार सार्वजनिक गरेको छ।
उक्त पार्टीबाट बाबुराम भट्टराईसहितको टिम अलग भएपछि रिक्त स्थानमा नयाँ नेताहरूलाई जिम्मेवारी तोकिएको छ।
यस्तै, जसपाले आसन्न मंसिरमा हुन गइरहेको निर्वाचन लक्षित जिम्मेवारीहरू तोकेको जनाएको छ। बैठकले संगठन विभाग प्रमुखमा रामसहायप्रसाद यादव र मधेश प्रदेशको इन्चार्जमा मृगेन्द्र कुमार सिंहलाई तोकेको छ।
यस्तै, सो बैठकले ७ वटा भौगोलिक र अन्य जातीय प्रदेशसहित २० प्रदेशको प्रमुख र उपप्रमुख पनि तोकेको जनाएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।