फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अस्थायी र करार कर्मचारीलाई स्थायी बनाउनका लागि काँधमा काँध मिलाएर लड्ने बताएका छन्।
अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको राजधानीमा शुक्रबार सुरु भएको चौंथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभामा बोल्दै प्रचण्डले उक्त धारणा राखेका हुन्।
‘अहिले तपाईंहरूले अन्य कर्मचारी सरह स्वतः स्थायी हुने माग राख्नु भएको छ’, प्रचण्डले भने, ‘त्यो पूरा हुनुपर्छ भनेर तपाईंहरूसँग काँधमा काँध मिलाएर हामी पनि लड्छौं। म यो विश्वास तपाइहरूलाई दिलाउन चाहन्छु।’
उनले श्रमिकहरूको हक, हितका लागि आफूहरूले संघर्ष, बलिदानी गरेको र केही उपलब्धि पनि भएको बताएका छन्।
‘श्रमिकहरूको हक, हितका लागि, उनीहरूको न्यायका लागि र आत्मसम्मानका साथ काम गर्न सकुन् भन्नका लागि हामीले धेरै संघर्ष र बलिदानी गरेका छौं,’ प्रचण्डले भने, ‘केही उपलब्धि पक्कै भएको छ। तपाईंहरूले सेवा सुविधा पनि प्राप्त गर्नु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।