फाइल तस्बिर।
काठमाडौं– नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभामा भएको नागरिकता सम्बन्धी छलफलले संविधानलाई अझै विकसित बनाएको बताएका छन्।
शुक्रबार अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौंथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभामा बोल्दै प्रचण्डले उक्त धारणा राखेका हुन्।
‘नागरिता विधेयकमाथि भएको छलफलले संविधानलाई अझै विकसित र परिमार्जित गर्दै, अझै लोकतान्त्रिक,अझै जनपक्षीय बनाएको छ,’ प्रचण्डले भने, ‘यसले सामाजिक न्याय र समानतालाई सम्बोधन गर्ने गरि बनाउनु पर्छ भनेर बहस भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।