काठमाडौं– आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। माओवादी केन्द्रले बिहीबार बेलुका स्थायी कमिटी बैठक बोलाएको थियो।
तर प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेका कारण बैठक शुक्रबारका लागि सारिएको हो।
बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ। बिहीबारको बैठकमा स्थायी कमिटी सदस्यले पूर्णता पाउने र पदाधिकारी चयनको तयारी गरिएको थियो। बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।