काठमाडौं– नेकपा एमालेको मागपछि नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ। प्रनितिधि सभामा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयकमाथि छलफलपछि मत विभाजनको प्रक्रिया सुरु भएको हो।
गृहमन्त्री बालकृष्ण खाणले सांसदहरुको प्रश्नको जवाफ दिइसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन्। गृहमन्त्री खाणले जस्ताको तस्तै विधेयक पारित गर्न प्रस्ताव गरेका छन्।
अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ। अर्थात् सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ। सांसदहरुले तटस्थ रहन पनि पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।