काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयकमाथि मत विभाजन माग्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन माग्ने निर्णय गरिएको बताए।
सामान्यतया ध्वनी मतका आधारमा विधेयक पारित गर्ने प्रचलन छ। बहुचर्चित विधेयकमा आफ्नो पक्षको मत दर्ज गराउन मत विभाजन माग्ने गरिन्छ। एमालेले सोही सुविधा उपयोग गर्न लागेको हो।
प्रतिनिधि सभामा पेस हुने प्रस्तावमाथि सांसदहरूलाई हुन्छ र हुन्न भन्न लगाई निर्णयार्थ पेस गर्नेछन्। जुन पक्षको बहुमत आउँछ, त्यसलाई घोषणा गर्नेछन्।
तर सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सांसदले असहमति जनाएमा सभामुखले तीन तरिकाबाट मत संकलन गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ-
(क) प्रत्येक सदस्यलाई “हुन्छ”", "हुन्न" र "मत दिन्न” भन्ने शब्द उच्चारण गर्न लगाई, वा
(ख) “हुन्छ”, “हुन्न” र “मत दिन्न" भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (
लवी) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर, वा
(ग) स्वचालित मत अभिलेखयन्त्र सञ्चालन गरेर।
अहिले सांसदहरुले उठाएका विषयमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।