काठमाडौं– स्वतन्त्र राजनीतिक दल दर्ता गरेका रवि लामिछानेले आफूहरुले प्रदेशको औचित्य नदेखेपछि प्रदेश सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको बताएका छन्।
बिहीबार पत्रकार सम्मलेन गर्दै उनले झुक्किएर नभइ सहभागी नहुने भएका कारण प्रदेशतर्फ दल दर्ता नगरेको स्पष्ट पारेका छन्।
‘हामीले अहिले प्रदेशमा उठाउनुको औचित्य देखेनौं। त्यसैले हामीले सहभागी नहुने निर्णय गरेका हौं,’ उनले भने, ‘प्रदेशतर्फ पनि दल दर्ता गरेर उठाउदैनौं भनेको भए पनि हुन्थ्यो। हामी झुक्किएका छैनौं। हामीले स्पष्ट रुपमै प्रदेशमै नउठाउने कुरा गरेर दल दर्ता नगरेको हौं।’
उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभामा मात्र उम्मेदवारी दिने भनि निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।
उनले आफूहरुले केन्द्रीय समिति बैठकबाट निर्णय गरेर कारणसहित प्रदेशमा सहभागी नहुने भनेको बताए। उनले प्रदेशमा समस्या भएका कारण यस्तो निर्णय गरेको भन्दै प्रदेश खारेजीको कुरा आफूले कतै पनि नगरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।