काठमाडौं- सत्तारुढ दलले दुरुस्तै पास गर्ने भनेको नागरिकता विधेयकमा सत्तारुढ दलका सांसदलेसमेत संशोधन माग गरेका छन्।
संसद्मा नागरिकता विधेयकमाथि छलफल गर्ने क्रममा नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले संशोधन माग गरेकी छिन्।
उनले ऐन बनाउने प्रक्रियामा जाँदै गर्दा गृहमन्त्रालयबाट निर्देशन जारी गर्नुपर्ने तर प्रमुख जिल्ला अधिकारीले मान्न बाध्य नहुने अवस्था आएको भन्दै केही संशोधन गरेको जरुरी रहेको बताइन्।
नेपालको संविधानको धारा १२ ले लैंगिक पहिचान र वंशीय आधार तय गरेको बताउँदै त्योअनुसार नागरिकता लिन पाउने व्यवस्थाका लागि संशोधन हुनुपर्ने उनले बताइन्।
उनले भनिन्, 'नेपालको संविधानको धारा १२ ले लैंगिक पहिचान र आमाको पनि वंशीय आधार हुने उल्लेख छ। तर अहिले त्यस्तो हुन सकेको छैन, सच्याउनुपर्छ।'
यसैगरी अपमानजनक नाम भएकाहरुको नागरिकता सच्याउने विषयमा पनि विधेयकमै राखेर जानुपर्ने उनले बताइन्।
समानताकका कुरा र राष्ट्रियता अभिन्न अंग रहेको बताउँदै एक-अर्कालाई बिर्सिन नहुनेतर्फ ध्यानाकर्षण गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।