काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विवाह गरेकै भोलिपल्ट कसैलाई पनि नागरिकता दिन नसकिने दाबी गरेकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले विश्वको कुनै पनि देशमा यस्तो व्यवस्था नभएको उल्लेख गरिन्।
उनले छिमेकी देशको व्यवस्था हेरेर नेपालमा पनि हदबन्दी राख्नुपर्ने प्रस्ताव गरिन्। राष्ट्रपतिले एक पटक फेरि सदनले छलफलमा ल्यायोस् भनि विधेयक फिर्ता पठाउनु स्वागतयोग्य भएको उनकफ भनाइ छ।
उनले संविधान जारी गर्दा नै आफ्नो पार्टी विरोधमा रहेको भन्दै विवाद गर्दैमा नागरिकताका लागि योग्य हुने कुरा कहिँ पनि स्वीकार नहुने दाबी गरिन्।
उनले नागरिकता खण्डतासँग जोडिएको भन्दै उनले खुला सीमा भएको देशमा विवाहकै आधारमा खुला छोड्ने हो भने देश फिजीकरणतर्फ जाने खतरा हुने उनले उनको जिकिर छ।
उनले जन्मको आधारमा वितरण गरिने नागरिकता विवाह गरेकै भोलिपल्ट किन दिइँदैन? भन्ने प्रश्न गर्दै यसमा अध्ययन हुनुपर्ने उनले बताइन्।
नागरिकता विश्वका कुनै पनि देशमा यति सहज रुपमा वितरण नहुने उनले उनको भनाइ छ। उनले जन्म र विवाहकै आधारमा खुला रुपमा नागरिकता दिन नसकिने बताइन्। छिमेकीले कस्तो व्यवहार गरेको छ त्यही आधारमा गर्नुपर्ने उनको तर्क छ। उनले वैवाहिक अंगीकृतका लागि सात वर्षे प्रावधान राख्नुपर्ने माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।