काठमाडौं– प्रतिनिधि सभाको बैठकमा सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘भूमिका’प्रति व्यंग गरेका छन्।
सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले दिउँसो पठाउँदा विधेयक पास नहुने, तर राति पठाउँदा पास हुने गरेको बताए।
सांसद महतले भने, ‘दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन। गम्भीर विषय रातको समयमा पठाउनुहोला। किनकि रातको समयमा पास गर्ने बानी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।