काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सारिएको छ। आज बिहीबार बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै दिउँसो ४ बजेका लागि सारिएको हो।
आज बस्ने स्थायी समिति बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ।
माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी समिति चुनिन सकेको छैन भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।
बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।