काठमाडौं– काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
वडा नम्बर १४ मा पर्ने भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हाे।
खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरद्वारा जारी गरेको सूचनामा उल्लेख छ।
महानगरले उक्त जग्गामा बजार सञ्चालन गर्ने व्यवसायीहरुलाई आफै वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको छ । १५ दिनभित्र खसी बजार नहटाए कानुन अनुसार हटाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।