काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक बिहीबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको छ।
बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीहरूको टुंगो लगाउने छ। यसअघि बुधबार बसेको बैठकमा सांगठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने नेताहरूको विषयमा पनि छलफल भएको थियो।
उनका अनुसार करिबकरिब नेताहरूको व्यवस्थापनको विषय टुंगोमा पुगिसकेको छ। माओवादीमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको दाबी छ। यी दुई नेतामध्ये कोही पनि पछि नहटे तेस्रो व्यक्तिलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।