काठमाडौं– सिट बाँडफाँडका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलले शीर्ष नेतृत्वसँग छलफल गरेर निस्कर्ष सार्वजनिक गर्ने बताएको छ।
कार्यदलको बुधबार बसेको बैठकले उक्त निस्कर्ष निकालेको कार्यदल सदस्य तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। सकारत्मक रुपमा छलफल भएकोले छिट्टै अन्तिमरुप दिने कार्कीले बताएका छन्।
‘गठबन्धनले बनाएको कार्यदल निष्कर्ष नजिक रहेको छ। न्यायपूर्ण तरिकाले मिलाएर जाने कुरामा सबै सहमत नै छौं। छलफल सकारमत्मक रुपले अघि बढेको छ’ कार्कीले भने,‘संयोजकले सबै दलको शीर्ष नेतृत्वसँग छलफल गर्नुहुन्छ अनि हामी सार्वजनिक गर्छाैं।’
कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।