काठमाडौं– राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्तावमाथि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ।
संघीय संसद्को प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत हुने गर्नेछन्।
त्यसै गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१० को उपनियम (४) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित संसदहरुलाई अनुपस्थितिको सूचना सभामा स्वीकृतका लागि पेस गर्ने कार्यसूची पनि रहेको छ।
बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला आयोगको चौथो वार्षिक प्रतिवेदनसमेत पेस गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।