काठमाडौं– उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु ककनीमा बैठक बसेका छन्।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल सहभागी रहेका छन्।
यसका साथै ३ जिल्लाका जनप्रतिनिधि पनि उक्त बैठकमा सहभागी हरेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए।
बैठक दिउँसो २ बजेबाट सुरु भएको हो। उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा बसेको उक्त बैठक अहिले पनि जारी रहेको लम्सालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।