काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध आक्रोश पोखेकी छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ३७औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भुसालले विद्युत्को मिटर जडान गर्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएकी छन्।
उनले विद्युत् खपत बढाउन अनुरोध गर्दै प्राधिकरणलाई मिटर जोड्ने काममा महिनौं लगाउने कर्मचारीविरुद्ध कारबाही गर्न निर्देशन दिएकी हुन्।
उनले भनिन्, ‘अहिलेको अवस्थामा क्यु ट्वान्टिको डिजाइनमा काम गर्दै धेरै विद्युत् उत्पादन गर्न नसकिने मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न पनि निर्देशन दिन्छु। हामी मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत् खपत बढाउन अनुरोध गर्दै हिँड्ने तर तलबाट एउटा मिटर जोड्नभन्दा महिनौं लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ, समयमा काम नगर्ने कर्मचारीलाई आवश्यक विभागीय कारबाही गर्न म अनुरोध गर्छु।’
मन्त्री भुसालले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताए। सरकार विद्युत् उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको उनको भनाइ छ।
मन्त्री भुसालले प्राधिकरणमार्फत विद्युत् सम्झौता भएका ३ हजार २ सय मेगावट जलविद्युत् निर्माणधीन अवस्थामा रहेको भन्दै सरकारसँग सम्झौता गरेर विद्युत् उत्पादन नगरी खोला नदी ओगट्ने कम्पनी निषेध गर्ने नीति सरकारले लिएको बताइन्।
मन्त्री भुसालले प्राधिकरणका कर्मचारीको लागि ५२ महिनाको जीवन बीमाको व्यवस्था गर्ने र मासिक ज्यालामा काम गर्ने कर्मचारीको ज्याला वृद्धि गर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।