काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समितिको बुधबारको बैठक सकिएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सांगठनिक विषयमा छलफल भएको नेता कृष्णबहादुर महराले जानकारी दिए।
उनका अनुसार बिहीबार बिहान ८ बजे बैठक पुनः बस्नेछ। बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको टुंगो लगाउने छ।
‘केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने साथीहरुका विषयमा छलफल भयो। पदाधिकारी पनि टुंग्याउनुपर्ने विषयमा विस्तृत छलफल भयो। करिबकरिब हामी टुंगोमा पुगेका छौँ। भोलि बिहान ८ बजे अन्तिम टुंगो लाग्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।