काठमाडौं– गठन भएको झण्डै ६ महिनापछि सक्रिय भएको महाअभियोग सिफारिस समितिले आन्तरिक कार्यविधिको मस्यौदा तयार पारेको छ।
हाल कायम रहेको प्रतिनिधि सभाको कार्याकाल रहुञ्जेलसम्म कायम रहने महाअभियोग सिफारिस समितिको पहिलो जिम्मेवारी भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियो प्रस्तावमाथि छानबिन गर्ने छ।
राणाविरुद्ध महाअभियोग दर्ता भएको ३ हप्तापछि (फागुन २२ गते) गठन भएको समितिको आन्तरिक कार्यविधिको मस्यौदामा आरोपी (महाअभियोग लगाउने प्रस्ताव भएका व्यक्ति)सँग बयान लिने व्यवस्था गरिएको छ।
उक्त व्यवस्थाअनुसार समितिले हाल महाअभियोग लगाउन प्रस्ताव भएका राणासँग बयान लिने भएको छ। आन्तरिक कार्यविधिको दफा १० को देहाय (क)मा आरोप लागेका व्यक्तिलाई समितिमा उपस्थित गराइ सोधपुछ गर्ने, जानकारी लिने वा बयान गराउने उल्लेख गरिएको छ।
यस्तै, आरोप लागेका व्यक्तिलाई कुनै लिखित वा कागजान पेस गर्न आदेश दिने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।
समितिको कार्यविधिमा आरोप लागेका व्यक्तिलाई सफाइ पेस गर्ने मौका दिने व्यवस्था पनि गरिएको छ।
यस्तो छ समितिको कार्यविधि:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।