काठमाडौं– नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा शालिकराम पोखरेल अर्थमन्त्रालयमा काजमा तानिएका छन्। अर्थमन्त्रालयका काजमा तानिएका उनलाई अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्ति दिइएको छ।
विज्ञ सल्लाहकारमा नियुक्त गर्नकै लागि उनलाई राष्ट्र बैंकबाट काजमा तानिएको बताइएको छ। बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्।
उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन्। यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।
डा. शालिकराम पोखरेल अर्थमन्त्री शर्माले राजीनामा दिनुभन्दा अघि पनि अर्थमन्त्रालयमा विज्ञ सल्लाहकारका रुपमा काम गरिरहेका अर्थमन्त्रालय श्रोतले जानकारी दिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि पोखरेल पनि पद मुक्त भएका थिए। अर्थमन्त्रीको पुन नियुक्तिसँगै पोखरेललाई पनि पुन नियुक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।