काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्।
गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो।’
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएर आफ्नो नेतृत्वमा छुट्टै पार्टी राप्रपा गठन गरेका थापाले पार्टी पूर्ण रुपमा निर्वाचन केन्द्रित भएको बताएका छन्।
मंगलबार सम्पन्न भएको राप्रपाको केन्द्रीय समितिको बैठकले पार्टीलाई पूर्ण रुपमा निर्बाचन केन्द्रित गराउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।