काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।