काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो। नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको बताइएको छ।
यसअघि मंगलबार बसेको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे बुधबारको बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
बुधबार नै गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।