काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्न बनेको समितिको बैठक बस्दैछ।
प्रतिनिधि सभाले बनाएको उक्त समितिको बैठक बुधबार बिहान कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेगरि बोलाइएको छ। समितिको पहिलो बैठक बस्न लागेको हो।
बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ। गत २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।
प्रतिनिधि सभाले यही साउन २२ गते छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।